नयाँ नेतृत्व चयनका लागि कांग्रेसको मतदान सुरु: पौडेल, देउवा र सिटौलाले गरे मतदान -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौं, २३ फागुन । सभापतिका उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । मतदानपछि पत्रकारहरुसँग कुरागर्दै देउवाले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिए । बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुका चारबजेसम्म हुने बताइएको छ ।  

देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका ३१ सय ६१ मतदाताले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिँदैछन् । मतदान राष्ट्रिय सभागृह सुरु भएको छ । poudel धनुषा,५ मा क्षेत्रीय निर्वाचन हुन नसकेकाले ३ हजार १ सय ६१ मतदाता छन् । तात्कालिन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मत दिन पाउनेरनपाउने भन्नेमा निर्णय हुन बाँकी छ । मनोनीतले मत दिन पाएमा मतदाता ३ हजारा १ सय ९१ पुग्ने बताइएको छ । सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ । पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन् । - See more at: http://www.lightnepal.com/4230#sthash.b6cpkbRL.OHFdfScI.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment