नक्कली भूकम्पपीडित पन्छाउनै सकस

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



घरको भग्नावशेष । छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो । साथमा थियो, परिचयपत्र पनि । भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? भोटेचौर गाविसका एक स्थानीयले यिनै प्रमाणका आधारमा क्षतिग्रस्त घरको लागत संकलन गरिदिन आग्रह गर्दा गाउँ पुगेको सर्भेयर टोलीले बास्तविकता अर्कै पायो ।

उनी नक्कली भूकम्पपीडित रहेका छन् । घर भूकम्पले भत्काएको थिएन ।
भूकम्पअघि घर भत्किएको थियो, पुरानो भएका कारण । इन्जिनियर हर्कमान लामा नेतृत्वको सर्भे टोलीले उनको घरको लगत संकलन गरेन । टोलीलाई अबरोध खडा गरियो ।

भूकम्पले घर भत्केको हो भनेर फोटो खिचाउन तीब्र दबाब दिँदै लगत संकलनमा दिनभरजसो अवरोध पुर्याइयो । इतिसम्म कि एकै व्यक्तिले खडार गरेको व्यबधान हटाउन प्रहरी परिचालन गर्नुपर्यो ।

भूकम्पबाट क्षतिग्रस्त घरको लागत संकलन गर्न बराम्ची गाविस पुगेको सर्भेयर टोली त जिल्ल पर्यो । टोलीले यस्ता एक पीडित भेट्यो, उनीसँग परिचयपत्र बाहेक केही थिएन । उनले भूकम्पले क्षतिग्रस्त भनिएको घरको जग कहाँ थियो भन्ने देखाउन नसकेको नागरिक दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment