अस्पतालमा शिशु किन-बेच चल्दैगर्दा प्रहरी पुगेपछि | छोरा र छोरीको रेट कति रहेछ ? -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






लहान-लहानको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ। अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो।

शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर
दिल कुमारीलाई बेचेको सूचना पाएर लहान प्रहरीका डिएसपि उमा प्रसाद चतुर्वेदीसहितको प्रहरी टोली अस्पताल पुगेको थियो। शिशुसहित अस्पतालमा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

‘अस्पतालसँग डेलिभरी रेकर्ड माग्दा महिला र बच्चा अस्पतालमा नभएको बताएपछि तलासी गर्दै जाँदा दोस्रो तल्लाको अँध्यारो कोठामा दिलकुमारी बच्चा काखमा लिएर लुकि बसेको फेला परेको थियो’ डिएसपि चतुर्वेदीले नागरिकसँग भने, ‘दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताईन्।’ त्यसपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो।

तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन्।

यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र पुरूष शिशुको ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको खुलेको हो।

लवकुशको बच्चा बेच्ने धन्दा खुलासा भएपछि लहान प्रहरीले यस क्षेत्रका अस्पतालहरुमा निगरानी बढाएको छ।

फरार अस्पताल संचालक र बच्चा जन्म दिने महिलाको खोजतलास तीब्र पारिएको डिएसपि चतुर्वेदीले बताए। आज नागरिक दैनिकमा खबर छ


भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment