भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
नभएको जग्गा बिक्री गरी ठग्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर वीरगन्जको गीतामन्दिर रोडमा हुँदै नभएको सात धुर जग्गा बिक्री गरी ठगी गरेको अभियोगमा मालपोत कार्यालय पर्साका नायब सुब्बासहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
वीरगन्ज उपमहानगरपालिका वडा नं ८ गीतामन्दिर रोडमा सात धुर जग्गा देखाई ८० लाख रुपैयाँमा बिक्री गरी ठगी गरेको अभियोगमा मालपोत कार्यालयका नासु मुरारीप्रसाद तिमल्सिना, जग्गाधनी बाराको कचोर्वा
गाविस घर भइ हाल वीरगन्ज–८ बस्दै आएकी इन्द्रावती देवी गुप्ता, उनका श्रीमान् सन्दीप गुप्ता र सहयोगी राजेश गुप्तालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
उनले जग्गाको कीर्ते प्रमाण खडा गरी काठमाडौँ, ललितपुर वडा नं २१ निवासी सचेन्द्र महर्जनसँग ८० लाख रुपैयाँमा बिक्री गरी राजीनामा नै पास गरेकोे निवेदन महर्जनले प्रहरीलाई दिएको आधारमा अनुसन्धान गर्दा भूमाफियाहरुको गिरोह नै पक्राउ गर्न सफल भएको उपरीक्षक श्रेष्ठले बताए ।
नक्कली कागज प्रमाणका आधारमा वीरगन्जको प्राइम बैंकमा हुँदै नभएको जग्गा धितो राखी ४० लाख रुपैयाँ झिकेकी इन्द्रावतीले पछि महर्जनसँग बिक्री गरेको र सो कार्यमा मालपोत कार्यालय तथा बैंकका कर्मचारीसमेत संलग्न रहेको अनुसन्धानबाट देखिएको उपरीक्षक श्रेष्ठले बताए ।
- See more at: http://www.lightnepal.com/4228#sthash.m3Fq5hTs.KuBWhSwH.dpuf
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment