युवा नेता गगन थापालाई फसाउन यसरी हुँदैछ खतरनाक षड्यन्त्र -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस





काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको संस्थापन समूहबाट विद्रोह गरी कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिएका युवा नेता गगन थापाविरुद्ध विभिन्न प्रोपोगाण्डा सुरू भएको उनका समर्थकहरूले आरोप लगाएका छन् ।
आज बिहान सुन्धाराका होटलहरूमा बसेका मध्य र सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरूसँग भेट गरी आफूलाई महामन्त्री पदमा मतदान गर्न आग्रह गरेका थापाविरुद्ध विरोधीहरूले गलत प्रचार गरेका हुन् ।
केन्द्रीय सदस्यका उम्मेदवार तथा सांसद राजु खनाल, केन्द्रीय सदस्यका उम्मेदवार तथा सांसद दीपक गिरीसहितको टोलीसँग मिलेर दाङ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूसँग सुन्धाराको एक होटेलमा थापाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
दाङका महाधिवेशन
प्रतिनिधिहरूका अनुसार महामन्त्री पदमा उम्मेदवारी दिएका थापाले आफूलाई मात्रै मत मागेको बताए । ‘गगन थापाले हामीसँग युवालाई मत दिनु होला । भोलिको नयाँ सन्ततीका लागि पनि मेरो जित अनिर्वाय छ’, थापालाई उदृत गर्दै महाधिवेशन प्रतिनिधिहरूले भने, ‘उहाँले अरुको लागि हामीसँग कुनै मत माग्नु भएन ।’
महामन्त्री पदका बलियो दावेदारका रुपमा अगाडि आएका थापालाई अहिले संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबाट ठूलो आक्रमण भइरहेको छ । विशेष गरेर थापालाई आफ्ना ससुरा अर्जुन नरसिंह केसीलाई मत मागेको आरोप छ ।
तर, थापाले यो आरोपलाई ठाडै अस्वीकार गर्छन् । दैनिक नेपाल डटकमसँग कुरागर्दै उनले भने, ‘म मेरो बलवुताले यो अवस्थासम्म आइपुगेको छु । मेरो कोही आफन्त आएका होला । आफन्तकै कारण मेरो राजनीति चौपट पार्ने काम म गर्दिन र कांग्रेसको युवा पंक्तिले पनि मेरो अपेक्षा गरेको छ ।’
यसैबीच, केन्द्रीय सदस्यका उम्मेदवारहरू खुमबहादुर खड्का, दीपक गिरी, राजु खनाल, घनश्याम रेग्मी, डिना उपाध्याय, सीता गुरुङ, अनिता देवकोटा, प्रदीप राज शर्मा, भरतराज न्यौपाने, प्रा.डा.गोविन्दराज पोखरेल, सुजाता कोइराला, महेन्द्र शर्मा, प्रदीप पौडेल, विमला नेपाली, पार्वती डिसी चौधरी, कल्याण गुरुङ, इश्वरी न्यौपाने, गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, जीवन परियारलगायतले पनि आआफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।-  

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment