भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
नेपाली कांग्रेसको नेतृत्वकालागि तीन नेता चुनावी रस्साकस्सीमा होमिएको बेला अर्ध सैनिक बल सशस्त्र प्रहरीले आफ्नो आधिकारीक टुइटर ह्यान्डलबाट सभापतिका प्रत्यासी शेरबहादुर देउवा प्यानलका समाचार सामाग्री ट्वीट गरेको छ ।
सशस्त्र प्रहरी ऐन र निमावली अनुसार संगठनले कुनै राजनीतिक दल वा ब्यक्तिलाई समर्थन गर्नु, राजनीतिक दलको सदस्यता लिनु दन्डनीय हो । तर, सभापतिकालागि देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौला प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएको बेला सशस्त्रले देउवा प्यानलको प्रचारमा सघाउ पुग्ने देउवा प्यानलका उम्मेदवारहरुको सूची आधिकारीक टुइटर ह्यान्डल नेपालएपिएफबाट शेयर गरेको हो ।
शनिबार दिउस १ बजे सशस्त्रले एक अनलाइनले प्रकाशन गरेको नेपाली
कांग्रेसको सभापतिका प्रत्यासी देउवाको प्यानलका उम्मेदवारहरुको सूचीसहितको समाचार शेयर गरेको हो । जसलाई यो समाचार तयार पार्दासम्म १२ जनाले रिटुइट र केहीले लाइक गरेका छन् । केन्द्रीय सदस्यसम्मको प्यानल नबनाउँदा निर्वाचनको नतिजा प्रभावित हुने भएपछि देउवाले खुल्ला २५ देखि आरक्षणसम्मका सबै केन्द्रीय सदस्यहरुको नामहरु टुंगो लगाएको समाचारमा प्यानलका सबै उम्मेदवारहरुको नामावली राखिएको छ ।
अर्ध सैनिक बलको आधिकारिक ह्यान्डलबाट कांग्रेसको कुनै एक पक्षलाई समर्थन हुने सामाग्री सार्बजनिक भएपछि सामाजिक सञ्जालमा त्यसको चर्चा शुरु भएको छ । सशस्त्र बल कांग्रेसका सभापतिका तीन प्रत्यासीमध्ये देउवालाई जिताउन लागेको भन्दै १३ बढी प्रतिकृया आए पनि सशस्त्रले यसबारे कुनै प्रतिकृया जनाएको छैन ।
यस अगाडि फागुन १२ मा समेत उसकै टुइटर ह्यान्डलमार्फत राजनीतिक सामाग्री सम्प्रेशण गरिएको थियो । फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सम्बन्धी अर्को एक अनलाइनको सामाग्री सम्प्रेषण गरेको थियो । सशस्त्रले ट्वीट गरेको भारत भ्रमणमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त विज्ञप्ती नआउने खबरको सामाग्री सशस्त्रले अहिलेसम्म नहटाएको नागरिक दैनिकमा समाचार छ ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment